spot_img

प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्वाचन सुरक्षा संवेदनशीलता विश्लेषण र प्रभावकारी परिचालन निर्देशन

spot_img
spot_img

काठमाडौं,०१ फागुन । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा शान्ति र सुव्यवस्था कायम राख्न सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिएर भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गर्ने तथा अन्य सुरक्षा निकाय र सरोकारवालासँग निरन्तर समन्वय गर्न आग्रह गरे।

उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने वा अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्ने र निर्वाचन प्रहरीले आफ्नो भूमिका तटस्थ, इमानदार र जिम्मेवार रूपमा निर्वाह गर्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिए।

साथै, प्रहरी महानिरीक्षक कार्कीले अनपेक्षित घटनाहरूको तयारी, पूर्वअभ्यास, सीमा नाकामा सुरक्षा, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष योजना अपनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय