spot_img

विशेष अदालतबाट सफाइ पाएपछि दीपेन्द्र ठाकुरको निलम्बन फुकुवा

spot_img
spot_img

जनकपुर,०१ फागुन । दीपेन्द्रकुमार ठाकुरको मधेश प्रदेश सभा सदस्य पदबाट गरिएको निलम्बन फुकुवा भएको छ।

मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका उपनेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित ठाकुरको सांसद पदको निलम्बन स्वतः फुकुवा भएको जनाएको हो।

ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा आर्थिक अनियमितता भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उनलाई तत्कालीन डी एन्ड एन बिल्डर्स प्रालिका प्रबन्ध निर्देशकका रूपमा कागजात संशोधन गरी ठेक्का लिँदा अनियमितता गरेको आरोप लगाउँदै ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग दाबी गरेको थियो।

तर सो मुद्दामा सुनुवाइपछि विशेष अदालतले २०८२ माघ २५ गतेको फैसलामार्फत ठाकुरलाई आरोपबाट सफाइ दिएको थियो। अदालतको उक्त फैसलापछि प्रदेश सभा सचिवालयले उनको निलम्बन फुकुवा भएको जानकारी गराएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय