spot_img

सुनसरी सीमा नाकाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

सुनसरी,०२ फागुन । सुनसरीको सीमा नाकाबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल ले सुनसरी गाउँपालिका–३ जमुवास्थित सीमा क्षेत्रबाट भारत, अररिया ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवानलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको जनाएको छ।

उनको साथबाट इटालीमा बनेको पेस्तोल र तीन राउन्ड गोली बरामद गरिएको छ। साथै ब्राउन सुगरजस्तो देखिने करिब १०० ग्राम पदार्थ, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० तथा भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद भएको छ। पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यसैबीच, आगामी निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन मनिष थापा ले निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी का बाहिनिपति समेत रहेका डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरीका सीमा नाकाको स्थलगत अनुगमन गर्दै अवैध गतिविधिविरुद्ध कडाइ गर्न मातहतका युनिटलाई निर्देशन दिएका हुन्।

सुरक्षा चेकजाँचलाई तीव्रता दिइएकै क्रममा उक्त व्यक्ति हतियारसहित पक्राउ परेको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय