spot_img

भ्यालेन्टाइन्स डे विशेष: उपहारभन्दा व्यवहारले जितिन्छ पार्टनरको मन

spot_img
spot_img

काठमाडाै,०२ फागुन । भ्यालेन्टाइन्स डे आउनासाथ धेरैजसो मानिसहरू पार्टनरलाई के उपहार दिने भन्ने सोचमा व्यस्त हुन्छन्। तर सम्बन्धलाई बलियो र सुन्दर बनाउने कुरा महँगो गिफ्ट मात्र होइन, दैनिक व्यवहार र सानो–सानो ध्यान पनि हो। यदि तपाईं साँच्चै आफ्नो पार्टनरलाई खुसी राख्न चाहनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्:
समय दिनुहोस्
व्यस्त जीवनशैलीका बीच पनि आफ्नो पार्टनरका लागि समय छुट्याउनु अत्यन्तै महत्त्वपूर्ण छ। सँगै बस्ने, कुरा गर्ने, विकेन्डमा सानो डेट प्लान गर्ने जस्ता साधारण कुराले पनि सम्बन्धलाई न्यानोपन दिन्छ।
तारिफ गर्न नबिर्सनुहोस्
लुक्स, हेयरस्टाइल, काम वा प्रयास — जुनसुकै कुरामा पनि साँचो प्रशंसा सम्बन्धलाई सकारात्मक बनाउँछ। “अब के तारिफ गर्नु?” भनेर सोच्नुको सट्टा सानो शब्दले पनि ठूलो खुशी दिन सक्छ भन्ने बुझ्नुपर्छ।
गल्ती स्वीकार गर्न सिक्नुहोस्
रिसको अवस्थामा भएका गल्ती चाँडो स्वीकारेर माफी माग्नु सम्बन्धका लागि लाभदायक हुन्छ। ‘सोरी’ भन्ने एक शब्दले सम्मान र समझदारी दुवै देखाउँछ।
स–साना सरप्राइज दिनुहोस्
विशेष दिन पर्खेर मात्र होइन, कहिलेकाहीँ सामान्य दिनमा सानो उपहार वा मनपर्ने कुरा ल्याइदिनुहोस्। उपहारभन्दा त्यसमा झल्किएको माया धेरै महत्वपूर्ण हुन्छ।
निर्णयमा सहभागी बनाउनुहोस्
जीवनका महत्त्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नु र निर्णयमा सहभागी गराउनु विश्वास र बराबरीको संकेत हो। यसले सम्बन्धमा आपसी सम्मान बढाउँछ। अन्ततः, साँचो प्रेम दैनिक व्यवहारमा देखिन्छ। भ्यालेन्टाइन्स डे एक दिनको उत्सव हो, तर सम्बन्धलाई विशेष बनाउने काम भने वर्षभरि निरन्तर गर्नुपर्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय