spot_img

चलचित्र पत्रकार दिनेश सिटौलाको सम्झनामा १० लाखको अक्षयकोष स्थापना

spot_img
spot_img

काठमाडाै,०२ फागुन । चलचित्र पत्रकार सङ्घ नेपालले स्वर्गीय दिनेश सिटौलाको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ। यो निर्णय उनका निधनको १३ औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा सार्वजनिक गरिएको हो।

सङ्घका अध्यक्ष समीर बलामीले सिटौलाको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले यो अक्षयकोष स्थापना गरिएको बताए। उनले भने, “हरेक वर्ष माघ १८ गते विशेष स्मृति कार्यक्रम आयोजना गरिनेछ र सङ्घको वार्षिक उत्सवमा ‘स्व। दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिनेछ।”

कार्यक्रममा दिनेश डिसीले सिटौलाको नेपाली चलचित्र उद्योग र पत्रकारितामा पुर्‍याएको योगदानको स्मरण गर्दै अक्षयकोषमा सहयोग गर्न सबैसँग अपिल गरे। उनले बोर्डबाट ५१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरे।

त्यसैगरी, मोहन निरौलाले सिटौलालाई मिलनसार, सहयोगी र सकारात्मक सोचका धनी व्यक्तित्व भएको बताए र व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गरे।

अक्षयकोषमा विभिन्न सङ्घ–संस्था र व्यक्तिहरूले सहयोग घोषणा गरेका छन्। ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले २५ हजार, षट्कोण आर्ट्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ पत्रकार लक्ष्मण सुवेदीले ११ हजार, र चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग गरेका छन्।

सङ्घका अनुसार यसअघि चलचित्र पत्रकार, निर्माता तथा अन्य सहयोगीबाट तीन लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय