जनकपुर,०२ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावमा प्रधानमन्त्री बन्ने अवस्थामा पाँच वर्षभित्र गर्ने कामको विस्तृत योजना तयार भएको बताएका छन्।
सर्लाहीको धनकौलमा आयोजित चुनावी कार्यक्रममा उनले भने, “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर प्रोजेक्ट गभर्मेन्ट तयार छ।” सभापति थापाले सर्लाहीका समस्या मात्रै नभई देशव्यापी चुनौती समाधान गर्नेगरी पार्टीको घोषणापत्रमा योजना समावेश गरिने जानकारी दिए।
उनी सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् र चुनावी प्रचारपछि काठमाडौँ फर्किएका छन्। कांग्रेसले फागुन ३ गते आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
सभापति थापाले मतदातालाई आग्रह गर्दै भने, “प्रधानमन्त्री बनेपछि योजना अनुसार पाँच वर्षमा गर्ने काम कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ।”




