spot_img

धनुषामा स्थानीय तह मूल्याङ्कन: जनकपुरधाम पहिलो, धनौजी अन्तिम

spot_img
spot_img

जनकपुर,०२ फागुन । मधेश प्रदेशको राजधानी धनुषा जिल्लामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जनकपुरधाम उपमहानगरपालिका पहिलो भएको छ। उपमहानगरपालिकाले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये उच्च स्थान हासिल गरेको छ।

जिल्लाका अन्य उच्च स्थानमा रहेका स्थानीय तहमा लक्ष्मीनियाँ गाउँपालिका दोस्रो (४९.२ अंक) र बटेश्वर गाउँपालिका तेस्रो (४७.८८ अंक) स्थानमा रहेका छन्। नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिका ४७.९० अंकसहित अगाडि छ भने विदेह नगरपालिका ४६.२७, शहीदनगर ४२.२५, क्षिरेश्वरनाथ ३९.८५, धनुषाधाम ३९.२२, कमला ३८.७४, मिथिला बिहारी ३८.१५, मिथिला ३७.४५, हंसपुर ३५.७६, नगराइन ३५ र सबैला ३४ अंक प्राप्त गरेको छ।

गाउँपालिकामा लक्ष्मीनियाँ अग्रस्थानमा रहँदा, जनकनन्दिनी ४५.९३, मुखियापट्टी मुसहरनिया ४५, औरही ४०.३४ अंक प्राप्त गरेका छन्। सबैभन्दा कमजोर कार्यसम्पादन धनौजी गाउँपालिकाको देखिएको छ, जसले ३२.८१ अंक प्राप्त गर्दै अन्तिम स्थान पाएको छ।

आयोगले स्थानीय तहहरूको कार्यसम्पादन र मूल्याङ्कन सूचकहरूको आधारमा अंक निर्धारण गरी नतिजा सार्वजनिक गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय