spot_img

“भोट दिनु छोरी दिनु बराबर हो” : राजेन्द्र लिङदेन

spot_img
spot_img

काठमाडौं,०२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदानलाई केवल शहरका हल्ला र प्रभावमा नभई हजार पटक सोचेर निर्णय गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौं क्षेत्र नं. २ को उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले भने, “भोट दिनु भनेको छोरी दिने जत्तिकै ठूलो कुरा हो। गलत मान्छे वा पार्टीलाई भोट दिनु देशको लागि हानिकारक हुन सक्छ। त्यसैले राष्ट्रहितमा कसलाई मतदान गर्ने भन्ने कुरा गम्भीरतासाथ सोच्न आवश्यक छ।”

लिङदेनले सन् २०४६ पछि भएका निर्वाचनमा नाम र झण्डा फरक भए पनि सिद्धान्त एउटै भएका पार्टीहरूले देश र जनतालाई के दिएका छन् भन्ने मूल्याङ्कन गर्नु पर्नेमा जोड दिए। उनले नयाँ हल्ला वा आकर्षक भाषणमा नलागी राष्ट्रवादी शक्ति र सिद्धान्तमा आधारित निर्णय गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवार कुन्तीदेवी पोख्रेलले पनि विगतको चुनावमा पराजित भए पनि तीन वर्षदेखि क्षेत्रका जनताको सेवामा खटिएको अनुभव साझा गर्दै सदावहार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नेता प्रमोद पौडेल, दीपक केसी लगायतले समेत सम्बोधन गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय