spot_img

बहुदरमाईंमा विभिन्न दलका नेताहरू रास्वपामा आबद्ध

spot_img
spot_img

बीरगन्ज,०२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा संगठन विस्तार तीव्र बनाएको छ। शनिबार बहुदरमाईं नगरपालिका वडा नम्बर–३ स्थित नकरदाह टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी ५२ जना नेता–कार्यकर्ता तथा समर्थकहरूले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन्।

कार्यक्रम बहुदरमाईं नगरपालिकाका रास्वपाका युवा नेता विजय प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। जनता समाजवादी पार्टी (जसपा) का वडा अध्यक्ष पदका उम्मेदवार नन्दु साह, नेकपा एमालेका मनोज साह, जसपाका राजदेव राउत अहिर, हिरा साह, निरज साह लगायतका नेताहरूले पार्टी प्रवेश गरेका थिए।

नवप्रवेशीहरूलाई पर्सा–२ का सुशील कुमार कानुले खादा र अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा उनले बेरोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजार पहुँच र सीपमूलक तालिमको अभावजस्ता समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कानुले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले घरमै प्राविधिक तालिम, कृषि, पशुपालन तथा सिलाइ–कटाइसम्बन्धी सीप विकास कार्यक्रम अघि सार्ने योजना पनि प्रस्तुत गरे। उनका अनुसार, “जनताले विगतमा धेरै निराशा भोगे। अब राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिनुपर्छ। रास्वपा त्यो विकल्प हो।”

कार्यक्रममा रास्वपाका नेताहरू चन्दन यादव, राजकिशोर साह तेली, सुनिल कुशवाहा लगायतको उपस्थिति रहेको थियो। स्थानीयवासीहरूले पनि पुराना दलको परम्परागत राजनीतिबाट दिक्क भएर सुशासन, पारदर्शिता र अवसर सिर्जनाको एजेन्डा बोकेको रास्वपामा नयाँ आशा देखिएको प्रतिक्रिया दिएका छन्।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय