spot_img

प्रलोपा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

spot_img
spot_img

काठमाडौँ,०३ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

पार्टीका अनुसार देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यले घोषणापत्र तयार गरिएको हो। घोषणापत्र सार्वजनिक कार्यक्रम आज दिउँसो ३ बजे अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिने केन्द्रीय कार्यालयले जनाएको छ।

पार्टीले घोषणापत्रमार्फत आगामी निर्वाचनका लागि आफ्ना नीति, योजना र प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय