जनकपुर,०३ फागुन । नेपाली कांग्रेस परित्याग गरी सर्लाहीको धनकौल गाउँपालिकाका सक्रिय नेता हरेन्द्र सहनी सहितका नेता र कार्यकर्ताहरु अब नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
एमालेका नेता शिवपुजन राय यादव ले उनीहरुलाई पार्टीमा स्वागत गर्दै आगमनले संगठनलाई थप मजबूत, संगठित र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सहनी धनकौल गाउँपालिकाकी उपप्रमुख अकली सहनी का श्रीमान हुन्। लामो समयदेखि स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेकाले उनको सहभागिताले आगामी दिनमा जनसेवा र संगठन विस्तारमा गति ल्याउने पार्टीले जनाएको छ।




