spot_img

बीरगन्ज भन्सारको सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन

spot_img
spot_img

बीरगन्ज,०३ फागुन । बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल १ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले सो अवधिका लागि १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। हालसम्मको सङ्कलन लक्ष्यको ८८.०७ प्रतिशत हुन पुगेको जनाइएको छ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस वर्ष भन्सार राजस्व सङ्कलन उत्साहजनक देखिएको छ। मासिक विवरणअनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ भित्रिएको छ। पुस महिनामा २० अर्ब २० करोड राजस्व उठाइएको छ भने माघमा २१ अर्ब २९ करोडको लक्ष्य राखिएकोमा १८ अर्ब ९० करोड रुपैयाँ मात्र सङ्कलन भएको छ।

भन्सार विभागले बीरगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षका लागि २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय