spot_img

गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा दाङमा पत्रकारिता पुरस्कार वितरण

spot_img
spot_img

वीरागन्ज,०३ फागुन । वीरगन्जका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रदान गरिने यस वर्षको गोतामे पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा (रेग्मी) लाई दाङमा प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखामा आयोजित कार्यक्रममा, राप्ती साहित्य परिषद्का पूर्वसभापति एवं वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल ले वरिष्ठ पत्रकार शर्मालाई एक तोला सुनको गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरेका थिए। खनालले वीरगन्जबाट दाङसम्म आएर पुरस्कार प्रदान गरेकोमा पत्रकार गौतम प्रतिष्ठानको प्रशंसा पनि गरे।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सैलिन प्रियदर्शन साहले पुरस्कृत पत्रकारको स्वास्थ्य अवस्था ध्यानमा राख्दै दाङमै पुरस्कार प्रदान गरेकोमा आभार व्यक्त गरे। कार्यक्रममा दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका पूर्वअध्यक्ष चन्द्रराज पन्थ, राप्ती साहित्य समाजका वरिष्ठ उपाध्यक्ष दीपक समीर लगायतका व्यक्तित्वहरूले पनि प्रतिष्ठानको कामको सराहना गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले सुनको मूल्य गत वर्षको तुलनामा दोब्बर भए पनि यस वर्ष एक तोलाको स्वर्ण पदक प्रदान गरिएको जानकारी दिए। उनले आगामी वर्ष सुनको साटो नगद पुरस्कार दिने योजना रहेको पनि बताए।

प्रतिष्ठानका सदस्य गोविन्दप्रताप श्रेष्ठले पुरस्कारको इतिहासबारे जानकारी दिँदै, प्रारम्भमा १० हजार रुपैयाँबाट सुरु भएको गोतामे पत्रकारिता पुरस्कार हाल आधा तोला हुँदै एक तोलासम्म पुर्‍याइएको बताए। यस पुरस्कारमार्फत मोफसलमा सक्रिय पुराना र नयाँ पत्रकारहरूको खोजी गर्दै सम्मान गरिँदै आएको छ।

कार्यक्रममा प्रतिष्ठानका सचिव हिमालचन्द्र गौतमले स्वागत मन्तव्य दिए भने नेपाल पत्रकार महासङ्घ दाङ शाखाका सचिव जेएम सागरले सहजीकरण गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय