spot_img

विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

spot_img
spot_img

विराटनगर,०३ फागुन । महाशिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ।

बा८च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडक किनारको खाल्डोमा खसेको थियो। दुर्घटनापछि प्रहरीले गाडी जाँच गर्दा ४२० किलो गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार गाडीको सिट र डिक्की भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखिएको थियो।

प्रहरीका अनुसार सुरक्षाकर्मीको निगरानी छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय