spot_img

कांग्रेसले देश बदल्ने जनताको सपना साकार पार्ने उपसभापति शर्मा

spot_img
spot_img

काठमाडाै,०३ फागुन । विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका उपसभापति,ले देश परिवर्तन गर्ने जनताको सपना अब कांग्रेसले नै साकार पार्ने बताएका छन्।

पाल्पा जिल्लाको तानसेनमा आयोजित कांग्रेसको अभिमुखीकरण कार्यक्रममा उपसभापति शर्माले पार्टी भित्रको सुधार र नयाँ नेतृत्वको आगमनले अब देश निर्माणमा नयाँ दिशा दिने बताए। “जेनजीको ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ,” उनले भने।

उपसभापति शर्माका अनुसार यसपटकको निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार उठाएको छ। विगतको तुलनामा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व रहेको पनि उनले जोड दिए।

कार्यक्रममा राजेन्द्र गोपाल सिंह, हरिप्रसाद नेपाल, राजु खनाल लगायतका नेता तथा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय