spot_img

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १५६ रुपैयाँसम्म पुग्यो

spot_img
spot_img

बीरगन्ज,०४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गर्दै नयाँ दर आजदेखि लागू गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरिएको हो। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

कहाँ कति पुग्यो पेट्रोलको मूल्य?

निगमले देशलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।काठमाडौँ, पोखरा र दिपायल क्षेत्र — प्रतिलिटर १५६ रुपैयाँ,सुर्खेत र दाङ क्षेत्र — प्रतिलिटर १५५ रुपैयाँ,वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, धनगढी, अमलेखगञ्ज, भलवारी र चारआली क्षेत्र — प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा रहेकाे छ ।

डिजेल र मट्टितेलको असर

डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएसँगै ढुवानी खर्च बढ्ने र त्यसको प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न सक्ने अनुमान गरिएको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ।

नयाँ मूल्यसूची लागू भएसँगै देशभरका डिपोहरूलाई सोही अनुसार बिक्री वितरण गर्न निर्देशन दिइएको निगमका प्रवक्ताले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय