spot_img

काममुखी राजनीतिमा रुपेश पाण्डे, लोकप्रियताभन्दा परिणामलाई प्राथमिकता

spot_img
spot_img

वीरगञ्ज,४ फागुन –  पर्सा क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रुपेश कुमार पाण्डेले आफू लोकप्रियता हासिल गर्न नभई परिणाममुखी काम गर्न राजनीतिमा आएको बताएका छन्।

मतदातासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै विकास, सुशासन र संरचनागत सुधारलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

पाण्डेले कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्दै साना तथा मध्यम किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद तथा सिँचाइको सहज आपूर्ति व्यवस्था मिलाउने र कृषि उपजको वैज्ञानिक बजार व्यवस्थापन प्रणाली विकास गर्ने योजना प्रस्तुत गरे। कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक र प्रतिस्पर्धी क्षेत्रका रूपमा रूपान्तरण गर्न नीति–आधारित पहल आवश्यक रहेको उनको भनाइ थियो।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन मानव विकाससँग जोड्दै उनले शिक्षामा प्रविधिमैत्री र सीपमूलक कार्यक्रम विस्तार गरी गुणस्तर अभिवृद्धि गर्ने तथा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरेर आधारभूतदेखि विशिष्टीकृत सेवासम्मको पहुँच विस्तार गर्ने योजना रहेको बताए।

युवालाई स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, महिलाको नेतृत्व विकास र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गर्ने तथा ज्येष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग प्रणाली सुदृढ गर्ने विषय आफ्नो प्रमुख एजेन्डामा रहेको उनले स्पष्ट पारे।

सांसद निर्वाचित भए नियमित जनप्रतिवेदन सार्वजनिक गर्दै पारदर्शिता र प्रत्यक्ष जवाफदेहिता कायम गर्ने प्रतिबद्धता जनाउँदै पाण्डेले भने, “मेरो लक्ष्य केवल नारा दिने होइन, दिगो संरचना निर्माण गर्नु हो। म भीडको क्षणिक ताली होइन, भविष्यको भरोसा जित्न चाहन्छु। राजनीति यदि सेवा हो भने त्यसलाई व्यवहारमा प्रमाणित गरेर देखाउनेछु।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय