spot_img

जनसमुदायबाट प्राप्त समर्थनले उत्साहित बनाएको छ : रेनु दाहाल

spot_img
spot_img

चितवन,०४ फागुन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहाल ले जनसमुदायबाट प्राप्त साथ र समर्थनले आफू उत्साहित बनेको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदाताबाट पाएको माया, विश्वास र समर्थनले चुनावी यात्रामा थप उर्जा थपिएको उनको भनाइ छ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले भरतपुर महानगरपालिकामा नौ वर्षको कार्यकालमा देखाएको प्रतिबद्धता र इमान्दारिताकै आधारमा जनताबाट अपार स्नेह पाएको अनुभव भएको उल्लेख गरिन्। उनले विकास र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश पुगेको दाबी गरिन्।

निर्वाचन प्रतिस्पर्धामा जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्ने लोकतान्त्रिक संस्कारप्रति आफू स्पष्ट रहेको बताउँदै उनले जनविश्वासकै आधारमा फराकिलो मतान्तरले विजयी हुने मनोबल व्यक्त गरिन्।

यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा केही सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता विपरीत भ्रामक सामग्री प्रसारण भएकोप्रति दाहालले आपत्ति जनाएकी छन्। यस्ता कपोलकल्पित तथा भ्रमपूर्ण सामग्रीले निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने भन्दै सम्बन्धित पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरिन्।

दाहालले लोकतान्त्रिक मूल्य, मर्यादा र निष्पक्षताको सम्मान गर्दै स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिएकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय