spot_img

फागुन ४ देखि १८ सम्म मात्र प्रचार–प्रसार, त्यसपछि मौन अवधि लागू

spot_img
spot_img

काठमाडौं,०४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ले प्रचार–प्रसारको स्पष्ट समयसीमा तोकेको छ। आयोगका अनुसार फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि चुनावी प्रचार सुरु गर्न पाइनेछ।

आयोगले जारी गरेको तालिका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न सक्नेछन्। त्यसपछि मौन अवधि लागू हुने जनाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार निर्वाचन आचारसंहिता २०८२ ले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायत प्रचारसम्बन्धी गतिविधिमा कडाइका साथ आचरण पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

आयोगले राजनीतिक दल, उम्मेदवार, भातृ संगठन तथा सम्बन्धित सबै पक्षलाई निर्धारित समयसीमा भित्र रही निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घन भए कडा कारबाही गरिने संकेत पनि आयोगले दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय