काठमाडौं,०४ फागुन । नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन बंगलादेश प्रस्थान गर्दैछन्। प्रधानमन्त्री सुशीला कार्की ले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेकी छन्, जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावल ले दिए।
परराष्ट्रमन्त्री शर्मा आजै ढाका, बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ। बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी ले दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। पार्टीका प्रमुख तारिक रहमान मंगलबार प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन्।
यस कार्यक्रममा नेपालको उच्च प्रतिनिधित्वले दुवै देशबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




