spot_img

जसपा उम्मेदवार श्रीनिवास यादव एमालेमा प्रवेश

spot_img
spot_img

भैरहवा,०४ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार श्रीनिवास यादव ले सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी जसपा नेपालका केन्द्रीय सदस्यसमेत थिए।

भैरहवामा आयोजित कार्यक्रममा यादवलाई एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल र गुमादेवी आचार्य सहितले स्वागत गरेका थिए।

वक्तव्यमा यादवले भने, “उम्मेदवारी दर्ता गरी क्षेत्रका मतदातासँग संवाद गरेको क्रममा वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय स्थायित्वलाई ध्यानमा राख्दै, मुलुकको निकासका लागि एमाले प्रमुख शक्ति रहेको स्वीकार गर्दै जसपा नेपालको सदस्यता र जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।”

यस कदमसँगै रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धामा नयाँ राजनीतिक गतिशीलता सिर्जना भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय