spot_img

वीरगन्ज–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो, ५८ जना नेताकार्यकर्ता प्रवेश

spot_img
spot_img

बीरगन्ज,०४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानु ले वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, शिक्षामा सहज पहुँच र स्थायी रोजगारी सुनिश्चित गरी जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने बताए। उनले विकास, शिक्षा, कृषि र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा भएको पनि स्पष्ट पारे।

कानुले भने, “रास्वपाले जनतासँगको करार पत्र सार्वजनिक गरिसकेको छ। निर्वाचित भएपछि पाँच वर्षसम्म प्रतिबद्ध भएर काम गर्नेछौँ। जनताको आवश्यकता अनुसार नीति र कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो।”

उक्त घरदैलो पश्चात् आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरे। नवप्रवेशीहरूमा नेकपा (एमाले) का दलित नेता शिसम् महार सहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपाका नेता कार्यकर्ता पनि समावेश थिए।

नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम नगरेको अनुभव गर्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारका लागि रास्वपामा प्रवेश गरेको बताए। उनीहरूले घण्टी छापमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय