spot_img

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

spot_img
spot_img

काठमाडौं,०४ फागुन । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ वटा उजुरी प्राप्त भएका छन् भने सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधिएको छ। यसमध्ये ३२ वटाबाट आयोगले जवाफ प्राप्त गरेको जनाएको छ।

निर्वाचन आयोग का कानुन अधिकृत मोहनराज जोशी का अनुसार दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई प्रेस काउन्सिल नेपालमार्फत आवश्यक कारबाहीका लागि पत्र पठाइएको छ।

जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भई आवश्यक कारबाही जारी रहेको छ। आयोगले प्राप्त उजुरीको आधारमा अनुसन्धान, स्पष्टीकरण र कानुनी प्रक्रिया अघि बढाइरहेको छ। उनले भने, “प्राप्त ३२ जवाफको अध्ययन भइरहेको छ र केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील छन्।”

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक आर्थिक विषयमा अनुगमन गर्दै आचारसंहिता पालनाको सुनिश्चितता गरिरहेका छन्। जोशीले छिट्टै सबै जिल्लामा सरोकारवालाहरूलाई जानकारी गराइ, प्रतिबद्धता लिन र उल्लङ्घन भएकामाथि कानुनी कारबाही अघि बढाइरहेको जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय