spot_img

मधेस प्रदेश स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा

spot_img
spot_img

जनकपुर,०४ फागुन । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य उपकरण खरिदको क्रममा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशक र सम्बन्धित कर्मचारीविरुद्ध विशेष अदालतमा सुनुवाइ हुँदैछ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ को इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

२०८२ वैशाख १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास, वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह लगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले सम्बन्धित व्यक्तिहरू र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीविरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको छ। त्यस्तै, स्वास्थ्य उपकरण आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज का सञ्चालक विशाल पण्डित विरुद्ध पनि सोही रकमको बिगो माग दाबी गरिएको छ।

मुद्दा सुनुवाइले मधेस प्रदेशमा सार्वजनिक संस्थामा पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय