spot_img

पिपुल फ्रष्ट पार्टीद्वारा उम्मेदवारमाथि भएको हमलाप्रति कडा आपत्ति

spot_img
spot_img

बीरगन्ज,०४ फागुन । पर्सा–१ का उम्मेदवार जावेद एकवाल हैदर माथि निर्वाचन प्रचार–प्रसारका क्रममा भएको सांघातिक हमलाप्रति पिपुल फ्रष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ।

पार्टी संयोजक प्रशान्त सिंह ले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई दुर्भाग्यपूर्ण, आपत्तिजनक र निन्दनीय कार्य भन्दै घोर भर्त्सना गरेका छन्। उनले भने, “निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने हिंसात्मक गतिविधिले निर्वाचनको निष्पक्षता र स्वच्छ प्रतिस्पर्धामाथि गम्भीर प्रश्न उठाउँछ।”

संयोजक सिंहले दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाहीमा ल्याउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरे। साथै, घाइते उम्मेदवारको उचित उपचार र सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

पिपुल फ्रष्ट पार्टीले निर्वाचन आयोग, निर्वाचन कार्यालय र सुरक्षा निकायहरूलाई पनि यस्ता घटनामा विशेष ध्यान दिन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्‍याउने हिंसात्मक घटनालाई रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय