spot_img

पर्सा–३ का पर्सौनीमा रास्वपाका ५० कार्यकर्ता एमालेमा प्रवेश, रुपेश पाण्डेयलाई समर्थन

spot_img
spot_img

वीरगंज, ४ फागुन – पर्सा जिल्लाको जगर्नाथपुर गाउँपालिका–६ पर्सौनी बहुवरीमा आयोजित एक विशेष कार्यक्रममार्फत स्थानीय राजनीतिमा उल्लेखनीय परिवर्तन देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी राहुल चतुर्वेदीको नेतृत्वमा ५० जना कार्यकर्ता औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

नवप्रवेशी कार्यकर्ताहरूलाई पार्टीका नेताहरूले टीका तथा खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले एमालेको नीति, नेतृत्व र विकासप्रति स्पष्ट दृष्टिकोणकै कारण कार्यकर्ताहरू आकर्षित भएको बताए।
कार्यक्रमकै अवसरमा एमालेले वडा स्तरमा संगठन सुदृढ गर्ने उद्देश्यले क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटनसमेत गरेको छ। कार्यक्रममा एमाले नेता प्रभु हजरा, प्रह्लाद गिरीलगायत स्थानीय तहका प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले पर्सा क्षेत्र नं. ३ का एमाले उम्मेदवार रुपेश पाण्डेयलाई विकासप्रेमी, इमानदार र प्रतिबद्ध नेतृत्वका रूपमा प्रस्तुत गर्दै आगामी दिनमा क्षेत्रको समग्र विकासका लागि उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनीहरूले पाण्डेयले गरेका प्रतिबद्धताहरू पूरा गर्ने, जनताको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने र पूर्वाधार विकासमा तीव्रता दिने अठोट व्यक्त गरेको उल्लेख गरे।

नवप्रवेशी कार्यकर्ताहरूले पनि एमालेको विचारधारा र संगठनात्मक सक्रियताबाट प्रभावित भई पार्टीमा आवद्ध भएको बताउँदै क्षेत्र नं. ३ मा रुपेश पाण्डेयलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। एमालेका नेताहरूले यस प्रवेशसँगै पर्सा–३ मा पार्टीको संगठनात्मक आधार अझ बलियो बनेको दाबी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय