spot_img

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

spot_img
spot_img

काठमाडौं,०५ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। पक्राउपछि उनलाई परिसरमा राखिएको प्रहरी स्रोतले पुष्टि गरेको छ।

यसअघि प्रसाईंलाई २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको थियो। त्यसक्रममा उनी २५ माघमा हाजिरी जमानीमा रिहा भएका थिए।

प्रहरीका अनुसार निर्वाचन प्रक्रिया बिथोल्ने खालको अभिव्यक्ति दिएको आरोपमा उनीमाथि पुनः कारबाही अघि बढाइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय