spot_img

पर्सामा १६० किलो गाँजासहित चालक पक्राउ

spot_img
spot_img

बीरगन्ज,०५ फागुन । पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले कारसहित ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सोमबार मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारबाट १६० किलोग्राम गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार कार चालक बुद्धिलाल घलानलाई गाँजासहित नियन्त्रणमा लिइएको छ। उनले कारको डिक्कीमा राखिएको गाँजा फाल्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका घलानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको छ। प्रहरीले उनको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय