spot_img

इनरवामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो अभियान तीव्र, सम्पर्क कार्यालय उद्घाटन

spot_img
spot_img

बीरगन्ज,०५ फागुन । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१६ इनरवामा मंगलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले एमालेका सबै उम्मेदवारलाई विजयी बनाउन संगठित जनसमर्थन आवश्यक रहेको उल्लेख गरे।

सो अवसरमा इनरवामा स्थापना गरिएको उनको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन पनि गरिएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका यादवले सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको टिप्पणी गर्दै अब यसलाई प्रमुख एजेन्डा बनाएर अघि बढ्ने बताए। उनका अनुसार सङ्घीय व्यवस्था स्थापना भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश र स्थानीय तहले अपेक्षित अधिकार नपाएको अवस्था छ।

यादवले पछिल्लो समय देशमा बाह्य शक्तिको प्रभाव बढ्दै गएको दाबी गर्दै नेपाललाई प्रयोगशाला बनाउने प्रयास भइरहेको आरोप लगाए। सङ्घीयता, लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि एमाले नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। उनले विशेषगरी **केपी शर्मा ओली**को नेतृत्वमा स्थिर सरकार आवश्यक रहेको उल्लेख गरे।

साथै उनले मतदातालाई “नयाँ” भनिएका दलका उम्मेदवारको पृष्ठभूमि मूल्याङ्कन गरेर मात्र मतदान गर्न आग्रह गर्दै कामको आधारमा उम्मेदवार छान्नुपर्ने बताए। कोरोना महामारी, खानेपानी संकट र हैजा फैलिएको समयमा आफू जनतामाझ सक्रिय रूपमा खटिएको स्मरण गर्दै उनले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन अपिल गरे।

कार्यक्रममा स्थानीय कार्यकर्ता तथा मतदाताको उल्लेख्य सहभागिता रहेको एमालेले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय