spot_img

जिराभवानी मेलामा आएका ३ सय कावारियालाई रमेश रिजालद्वारा सम्मान

spot_img
spot_img

बीरगन्ज,०५ फागुन । महाशिवरात्रिको अवसरमा लाग्ने जिराभवानी मेलामा थरुहटका विभिन्न गाउँबाट आएका करिब ३०० जना कावारिया भक्तजनलाई पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले स्वागत तथा सम्मान गरेका छन्।

मेलास्थलमा उपस्थित श्रद्धालुहरूलाई उनले गम्छा ओढाएर सम्मान गर्दै धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए। उनले पर्वहरूलाई सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गर्दै जनताको सेवा र क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

भेटघाटका क्रममा भक्तजनहरूसँग उनले प्रत्यक्ष संवादसमेत गरेका थिए। सम्मान पाउँदा उत्साह थपिएको भन्दै श्रद्धालुहरूले खुशी व्यक्त गरेका छन्।

महाशिवरात्रि पर्वका अवसरमा जिराभवानी मेलामा यस वर्ष पनि उल्लेख्य संख्यामा भक्तजनको उपस्थिती देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय