spot_img

एमाले छाडेका पूर्वमन्त्री जितेन्द्रनारायण देव पुनः कांग्रेसमा

spot_img
spot_img

काठमाडौं,०५ फागुन । नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी मंगलबार सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममार्फत कांग्रेसमा आबद्ध भएका हुन्।

कार्यक्रममा जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि देवले कांग्रेसको केन्द्रीय नेतृत्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै विशेष महाधिवेशनबाट पारित नवीन नीतिहरू आत्मसात् गरेर अघि बढ्ने बताए। उनले पार्टीको संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यार्थीकालदेखि राजनीतिक यात्रामा सक्रिय देव विभिन्न दल हुँदै कांग्रेस राजनीतिमा फर्किएका हुन्। उनी यसअघि पनि कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी कांग्रेसमा सक्रिय थिए।

देवले गत माघ १९ गते एमाले परित्याग गरेका थिए। त्यसअघि असार २०८१ मा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए। संविधानसभा सदस्य तथा मन्त्री भइसकेका देवको पुनरागमनलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय