spot_img

पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमा सर्वोच्चमा पेसी तोकियो

spot_img
spot_img

काठमाडौँ,०५ फागुन । लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदीनित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो।

विशेष अदालतले पोखराको लिचीबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठविदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश जारी गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। यसै प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि समेत आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाइएको छ।

अदालतमा बयानका क्रममा गुप्ताले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गर्दै कसैसँग घुस नलिएको दाबी गरेका थिए। यद्यपि, प्रारम्भिक प्रमाणका आधारमा तत्काल निर्दोष मान्न नसकिने निष्कर्षसहित विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय