spot_img

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

spot_img
spot_img

काठमाडौँ,०५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा आउँदो बैशाख १४ गते सोमबारदेखि सुरु हुनेछ।

निर्धारित तालिका अनुसार परीक्षा बैशाख २७ गते आइतबारसम्म सञ्चालन हुनेछ। सबै विषयका परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जनाएको छ।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आउँदो चैत १९ गतेदेखि सुरु हुने तय भएको छ। विद्यार्थीलाई तयारी व्यवस्थित गर्न आग्रह गर्दै बोर्डले परीक्षा सम्बन्धी विस्तृत जानकारी आधिकारिक सूचनामार्फत उपलब्ध गराउने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय