पर्सा, ५ फागुन – नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले महाशिवरात्रिको अवसरमा जिराभवानीमा लागेको मेलामा दर्शन गर्न आएका भक्तजनहरूलाई गम्छा ओढाएर स्वागत तथा सम्मान गरेका छन्।
मेलामा सहभागी करिब ३ सय कावारिया तथा श्रद्धालु भक्तजनलाई रिजालले गम्छा ओढाएका थिए। कावारियालाई गम्छा ओढाउने क्रममा उनले उनीहरूबाट आशीर्वादसमेत लिएका थिए।
सो अवसरमा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




