spot_img

अब निर्णय गर्ने अधिकार मतदाताको हातमा छ : अध्यक्ष यादव

spot_img
spot_img

जनकपुर,०५ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मतदातालाई आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि मतदान गर्न आग्रह गरेका छन्।

मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस मार्फत अध्यक्ष यादवले अब निर्णय गर्ने अधिकार मतदाताको हातमा रहेको बताएका छन्। उनले उल्लेख गरे, “अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि मेट्ने? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ। विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ। भारी बहुमतले विजयी बनाएर मधेसको आवाज निर्णायक बनाऔँ।”

यादवले मधेस जनविद्रोह केवल आन्दोलन नभई आत्मसम्मानको घोषणापत्र भएको बताए। गोली, दमन र षड्यन्त्रका बिच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको उनको भनाइ छ।

अध्यक्ष यादवले शहिदहरूको बलिदानले बनाएको सङ्घीयताको आधार कमजोर पार्ने प्रयास गर्नेहरू धेरै रहेको र त्यसको रक्षा गर्ने साहस केवल जसपा नेपालसँग मात्र भएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय