spot_img

सब–इन्जिनियर यादवको हत्यारालाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडौँ,०५ फागुन । सर्लाहीको मलंगवा भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि भएको गोली हत्याप्रति विरोध स्वरूप काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले हत्यारालाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले खुल्ला रूपमा हिँडिरहेको हत्याराप्रति सरकारले मौन बसिरहेको आरोप पनि लगाएका छन्।

घटनाका अनुसार, ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा–१०, देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली हानेको थियो। मृतक सब–इन्जिनियर यादव दिउँसो मात्र बुबाको काजकिरिया सकेर फर्किएका थिए। उनका अनुसार गोली लागेर उनी ढलेका थिए।

प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार घटनास्थलबाट गोलीको एक खोका बरामद भएको छ। प्रारम्भिक अनुसन्धानले सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको छ।

यादवको श्रीमती पुनम यादवले घटनाबारे जानकारी दिँदै हत्यारा मोटरसाइकलमा आएका थिए र उनको पति कोठाबाट बाहिर बोलाएर गोली हानेको बताएकी छन्। यादवको देब्रे छातीमा गोली लागेको थियो।

गोली लागे लगत्तै प्रहरीले यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रमोद कुमार यादव दुई वर्षीया छोरी र श्रीमतीसँगै मलंगवा–१० मा डेरामा बस्दै आएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय