बीरगन्ज,०५ फागुन । नेपाली काँग्रेसले वरिष्ठ पत्रकार दिपेन्द्र चौहानलाई पार्टीको केन्द्रिय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित गरेको छ। माघ २९ गते ललितपुरस्थित बी।पी. स्मृति भवनबाट जारी नियुतिपत्रमार्फत यो जानकारी सार्वजनिक गरिएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन र समानुपातिक मतभार बढाउन प्रभावकारी, समन्वयात्मक र व्यवस्थित चुनावी प्रचार–प्रसार सुनिश्चित गर्ने उद्देश्यले चौहानलाई जिम्मेवारी दिइएको काँग्रेसले जनाएको छ।
पत्रकारितामा लामो अनुभव र सञ्चार माध्यमसँगको राम्रो समन्वयलाई ध्यानमा राख्दै पार्टीले चौहानको नेतृत्वमा प्रचार अभियानलाई परिणाममुखी बनाउन विश्वास व्यक्त गरेको छ।
नियुतिपत्र प्राप्त भएपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी ईमान्दारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




