spot_img

बीरगन्जमा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०५ फागुन । एलाईड युथ सोसाइटीको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको सहयोगमा बीरगन्जमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ग्लोबल बिजनेस कलेजमा आयोजित गरिएको थियो।

कार्यक्रममा कक्षा ११ र १२ का २५० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सहभागीहरूलाई ट्राफिक संकेत चिन्ह, सुरक्षित सडक पार गर्ने विधि, सवारी चालकले पालन गर्नुपर्ने नियम, हेल्मेट र सिटबेल्टको अनिवार्यता, दुर्घटना न्यूनीकरणका उपाय र प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै प्रश्न–उत्तर र अन्तरक्रिया सत्रसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि **युवराज कटवाल**ले ट्राफिक नियम पालन जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै, विद्यार्थी सचेत भए समाज पनि सुरक्षित बन्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन सन्नी श्रीवास्तवनेगेन्द्र मनुराज गरेका थिए। सदस्य सोनु गुप्ताप्रितम यादवको सक्रिय सहयोग रहेको बताइएको छ। संस्थापक ओम झाले पनि विशेष उपस्थिती जनाएका थिए।

आयोजकहरूले चेतना र सचेतनाबाट सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने बताउँदै, कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पुगेको विश्वास व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय