spot_img

निर्वाचन म्यादी प्रहरीको सेवा–सुविधा नबढाएको विरोधमा प्रदर्शन

spot_img
spot_img

हुम्ला,०५ फागुन । सेवा–सुविधा कम भएको र पारिश्रमिक घटाइएको विरोधमा निर्वाचनका लागि भर्ना म्यादी प्रहरीहरूले मंगलबार प्रदर्शन गरेका छन्।

निर्वाचन कार्यका लागि ५९५ जना म्यादी प्रहरी जिल्लामा भर्ना भएका थिए। उनीहरूले भर्ना हुँदा पाइने भनिएको सेवा–सुविधा र पारिश्रमिकमा भिन्नता देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय अघि धर्ना बसेका थिए।

म्यादी प्रहरी कृष्ण छत्यालले बताएअनुसार, सुरुमा ४० दिन कामको पारिश्रमिक एक जनाले ८४ हजार रुपैयाँ पाउने भनिएको थियो, तर मंगलबार सूचना अनुसार ६४ हजार मात्रै दिने जानकारी दिइएपछि विवाद उत्पन्न भएको हो।

सिमकोटस्थित खेलमैदानमा कार्यक्षेत्र खटाउने तयारी भइरहेका बेला सेवा–सुविधा र पारिश्रमिकमा अन्तर देखिएपछि म्यादी प्रहरीले विरोध स्वरूप प्रदर्शन गरेका थिए।

मुख्य जिल्ला अधिकारी टेककुमार रेग्मीले म्यादी प्रहरीसँग छलफल गरी पारिश्रमिक र सेवा–सुविधा सम्बन्धी यथार्थ विवरण सार्वजनिक गर्ने आश्वासन दिनुभएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय