spot_img

अण्डाको भाउ फेरि उकालो, ठूलो प्रतिक्रेट ४२५ रुपैयाँ कायम

spot_img
spot_img

चितवन,०६ फागुन । नेपाल लेयर्स सङ्घले अण्डाको मूल्य पुनः वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ तथा मझौला अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ कायम गरिएको जनाएको छ।

सङ्घका अनुसार पछिल्लो समय दाना, औषधि तथा ढुवानी खर्च बढेका कारण उत्पादन लागतमा वृद्धि भएको छ। हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ।

उत्पादन लागत बढेसँगै किसानलाई थप दबाब परेको भन्दै मूल्य समायोजन गर्नुपरेको सङ्घले स्पष्ट पारेको छ। नयाँ मूल्य आजदेखि देशभर लागू हुने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय