spot_img

बीरगन्जमा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो अभियान जारी

spot_img
spot_img

बीरगन्ज,०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले बुधबार बीरगन्ज महानगरपालिका–३ छपकैया क्षेत्रमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गरेका छन्।

स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्ना विकास योजना र प्रतिबद्धता सार्वजनिक गरे। रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउँदै उनले भुइँ तहका नागरिकको आवाज संसद्मा सशक्त रूपमा उठाउने बताए।

“पर्साको समग्र विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु–प्रिन्ट तयार छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै परिवर्तनको अनुभूति दिलाउनेछु।”

कानुले विगतका जनप्रतिनिधिहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। आफू निर्वाचित भएपछि क्षेत्रको अवस्था सुधार गर्ने दाबी गर्दै उनले मतदातालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गरे।

उनले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राख्दै विशेषगरी मुस्लिम महिला र युवाहरूका लागि रोजगारीमुखी तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीयवासी, विशेषगरी युवा र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। युवाहरूले परिवर्तनको पक्षमा नाराबाजी गर्दै उम्मेदवारलाई समर्थन जनाएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय