बीरगन्ज,०६ फागुन । बीरगन्ज महानगरपालिका–१४ बहुवरी टोलमा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले बुधबार घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षा सुने। उनले जनतासँगको संवादबाट वडाको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर पाएको बताए।
यादवले यो अभियान केवल चुनाव केन्द्रित नभई दीर्घकालीन रूपमा वडाको विकास र सुशासन सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उल्लेख गरे। “पारदर्शिता, सुशासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सडक पूर्वाधार र रोजगारी सिर्जना हाम्रो प्राथमिकता हो,” उनले भने। स्थानीयको विश्वास र साथबिना समृद्ध वडा निर्माण सम्भव नहुने उनको भनाइ थियो।
कार्यक्रममा स्थानीयवासीहरूले घरदैलो अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै विकास र प्रभावकारी सेवा प्रवाहको अपेक्षा व्यक्त गरेका छन्।




