काठमाडौं,०६ फागुन । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन्।
मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार श्रेष्ठले गाँजा सेवनपछि एक युवतीलाई जिस्काउनुका साथै प्रहरीमाथि हातपात गरेका थिए।
उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पहिचानका लागि सहयोग मागेको थियो। त्यसपछि अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको हो।




