spot_img

फागुन २१ मा ‘परिवर्तनको सटर खोल्ने’ अभियान : रवि लामिछाने

spot_img
spot_img

काठमाडौँ,०६ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘परिवर्तनको निर्णायक क्षण’का रूपमा चित्रण गरेको छ। सभापति लामिछानेले पुराना राजनीतिक दलप्रति लक्षित गर्दै उक्त दिन “पुराना दलहरूको सटर बन्द गर्ने” बताएका छन्।

बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनले जनतालाई परिवर्तनको पक्षमा मतदान गर्न आह्वान गरे। लामिछानेले विगतमा गरिएका वाचा पूरा नभएको आरोप लगाउँदै अब वाचा तोड्नेहरूलाई जनताले नै सजाय दिने बेला आएको बताए।

“वर्षौँसम्म जनता नै सजाय भोग्ने तर वाचा गर्ने नेता दण्डहीन हुने अवस्था अब अन्त्य हुनुपर्छ,” उनले भने, “यो पटक मत नबाँड्नुहोस्, आफ्नो निष्ठा जोगाउँदै परिवर्तनका लागि मतदान गर्नुहोस्।”

लामिछानेले केवल संरचना पुनःनिर्माणको कुरा नगरी शासन पद्धतिमा नै परिवर्तन आवश्यक रहेको धारणा राखे। विगत ३५ वर्षमा पुराना दलहरूले प्रभावकारी काम नगरेको आरोप लगाउँदै उनले सुदूरपश्चिमका स्वास्थ्य, शिक्षा र मेडिकल सेवासम्बन्धी समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निर्वाचन प्रक्रियामा हुन सक्ने दबाब वा प्रलोभनबाट नडराई स्वतन्त्र र सचेत मत प्रयोग गर्न मतदातालाई आग्रह गरे। “परिवर्तनको अवसरलाई यसपटक गुम्न दिनुहुँदैन,” उनले भने, “राष्ट्रिय अवसरलाई सफल बनाउन दृढतापूर्वक भोट हाल्नुहोस्।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय