spot_img

नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगञ्ज, ५ फागुन – मेडिकल व्यवसायी तथा नेकपा एमाले नेता वसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका अन्सारी बुधबार जनकपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी आमसभामा औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

अन्सारी यसअघि विभिन्न राजनीतिक धारहरू हुँदै एमालेमा सक्रिय थिए। आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट टिकटको आकांक्षा राखेका उनले टिकट नपाएपछि कांग्रेस रोजेको उनी निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनले आफ्ना निकट सहयोगीहरूलाई समेत टिकट दिलाउन पार्टी नेतृत्वसँग पहल गरेका थिए। उनलाई नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। यसअघि उनी बैचारिक रुमा राजावादी,एमाले, माओवादीमा लगायतका दलमा काम गरिसकेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय