spot_img

व्यवस्था जोगाउन कांग्रेसको बहुमत आवश्यकः विमलेन्द्र निधि

spot_img
spot_img

जनकपुर,०६ फागुन । विमलेन्द्र निधिले वर्तमान राजनीतिक व्यवस्था जोगाउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्नुपर्ने बताएका छन्।

बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै निधिले लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए। “अहिले नेपालमा जननिर्वाचित संसद् र सरकार छैन। निर्वाचनमार्फत जनताका प्रतिनिधि चुनेर तिनै प्रतिनिधिबाट सरकार गठन गर्नुपर्छ,” उनले भने, “वर्तमान शासन व्यवस्था बचाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ।”

निधिले वर्तमान संविधान कांग्रेसकै नेतृत्वमा संविधानसभामार्फत जारी भएको उल्लेख गर्दै त्यसमा सबै वर्ग, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको दाबी गरे। उक्त संविधानको संरक्षण र कार्यान्वयनका लागि पनि कांग्रेसलाई बहुमत दिलाउन उनले कार्यकर्तालाई आह्वान गरे।

उनले लोकतन्त्र, संवैधानिक व्यवस्था र संस्थागत स्थायित्व जोगाउन आगामी निर्वाचन निर्णायक हुने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय