हेटौंडा,०७ फागुन । मकवानपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलाश गाउँपालिका–१० निवासी २७ वर्षीय रामबहादुर मोक्तानसहित दुई जनालाई बुधबार राति पक्राउ गरिएको हो। भीमफेदी गाउँपालिका–२ चुनिया क्षेत्रबाट करिब ४ सय ३८ किलोग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी भैसे बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कारबाही गर्दै गाँजासहित उनीहरूलाई समातेको हो।
पक्राउ परेकाहरूले प्रयोग गरेको लु १ च २१५२ नम्बरको बोलेरो गाडी र बा.प्र.०३–००५ प ४५७६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




