spot_img

कांग्रेसले घोषणा गर्यो–१० लाखसम्मको वार्षिक आम्दानी करमुक्त हुने

spot_img
spot_img

काठमाडौँ,०७ फागुन । गगन कुमार थापा ले आफ्नो पार्टीको सरकार बनेको अवस्थामा वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने घोषणा गरेका छन्। उक्त घोषणा उनले पार्टीको खुला बहस कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ मा गरेका हुन्।

थापाले भने, “नेपाललाई केवल भाषणले मात्र विदेशी लगानीको आकर्षणको केन्द्र बनाउन सकिँदैन, यसका लागि स्पष्ट नीतिगत सुधार आवश्यक छ। त्यसैअनुसार १० लाखसम्मको आम्दानीमा कर नलगाउने योजना छ।”

उनले वर्तमान व्यक्तिगत आयकर दर ३९ प्रतिशतसम्म रहेको उल्लेख गर्दै यसलाई अधिकतम २५ प्रतिशतमा घटाउने र संस्थागत कर सीमा २० प्रतिशतमा झार्ने योजना रहेको बताए। साथै, सबै कर दर सरलीकृत गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने नीति लागू गरिने उनले जानकारी दिए।

थापाले नेपालमा निजी क्षेत्रलाई सानो–ठूलो छुट्टै हेर्ने प्रवृत्ति रहेको र यसलाई अन्त्य गर्नुपर्ने बताए। उनले भृकुटीमण्डपका चिया पसलदेखि मोबाइल/क्यामरा लिएर काम गर्ने युट्युबरसम्मलाई निजी क्षेत्रको हिस्सा भएको उदाहरण दिँदै सबैलाई समावेश गर्ने नीति अपनाइने स्पष्ट पारे।

कांग्रेसले सरकार बनेको तीन महिनाभित्रै नीतिगत सुधारमा सक्रिय कदम चाल्ने प्रतिबद्धता सभापति थापाले दोहोर्‍याए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय