spot_img

जगरनाथपुर–४ मा कांग्रेस उम्मेदवार रिजालको घरदैलो, मतदाताले गर्‍यो स्वागत

spot_img
spot_img

बीरगन्ज,०७ फागुन । पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले बिहीबार जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दा मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन्।

उम्मेदवार रिजाल घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। मतदाताले स्वस्फूर्त रूपमा उनलाई टीका लगाएर समर्थन व्यक्त गरेका थिए।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्य र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय