बीरगन्ज,०७ फागुन । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत प्रतिनिधिसभा निर्वाचनको प्रचार-प्रसारमा जुट्दै जनमत पार्टीले बीरगन्ज महानगरपालिका वडा नम्बर–४ बिर्तामा घरदैलो तथा प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका नेता एवं उम्मेदवार ओमप्रकाश सर्राफले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सर्राफले जनमत पार्टीले जनमुखी विकास र परिवर्तनको राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा, युवा, महिला र पार्टीका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ।




